
धनगढी । प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका युवा नेता गणेश ढकाललाई कोरोना भाइरस संक्रमण भएको छ । विप्लव नेतृत्वको नेकपाका नेता ढकाललाई दुई हप्ता पहिले लम्कीस्थित घरबाट प्रहरीले गि रफ्तार गरेको थियो ।
कैलाली हिरासतमा रहेका ढकाललाई कोरोना संक्रमण भएपनि प्रहरीले समयमै उपचारको नगरेका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । स्वास्थ्यमा देखिएपछि धनगढीमा उपचार हुन नसकेका कारण ढकाललाई नेपालगंजस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
परिवारका अनुसार हिरासतमा असुरक्षित रुपमा राखिएको र कोरोना पोजेटिभ रिपोर्ट आएको १५ दिनसम्म प्रहरीले कुनै उपचारको व्यवस्था गरेको थिएन । झुटा मुद्दामा गि रफ्तार नेता ढकाललाई उपचार गर्न समेत नदिएको परिवारको गुनासो छ ।
राजनीतिक पूर्वाग्रहकै कारण गम्भीर बिरामी हुँदा समेत सरकारले नेकपाका नेता-कार्यकर्तालाई समयमै उपचारको उपचारमा लापरवाही गरेर मानव अधिकारी विरोधी कार्य गरिरहेको भन्दै चर्को विरोध भइरहेको छ ।