आज :

नेपालमा कोरोनाका सक्रिय संक्रमित ६ हजार, १८४० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो दिनमा कोरोना परीक्षण घटेसँगै संक्रमित पनि घटेका छन् । मंगलबार ६ हजार १३५ नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा २७० महिला र ४३८ पुरुष गरी ७०८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा २ लाख ५९ हजार ५४९ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

त्यसैगरी नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजारमा झरेको छ । मंगलबार थप ७३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ५१ हजार ३१२ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । अब ६ हजार ३९६ जना सक्रिय संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो निको हुने दर ९६.८ प्रतिशत हो ।

कोरोना भाइरस संक्रमणबाट मंगलबार थप ८ जनाको ज्यान गयो । योसँगै नेपालमा १ हजार ८ सय ४० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

मंगलबारसम्म देशभर ३६५ जना क्वारेन्टिन रहेका छन् । त्यस्तै २२८ जना संक्रमितको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal