आज :

नेकपाले भन्यो- संखुवासभामा प्रहरीले राईको घरमा कुटपिट गरेको हो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा प्रहरीसँग दोहोरो भि डन्त नभएको बताएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर आफ्नो पार्टीका नेता र कार्यकर्ताबीच भि डन्त नभएको र प्रहरीले पार्टी सेक्रेटरी युवराज राईको घरमा गएर कुटपिट गरेको भन्दै घोर निन्दा गरेका छन् ।

प्रवक्ता प्रकाण्डले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा संखुवासभाको चैनपुर नपा-४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी राईको घरमा गई  प्रहरीले बहिनी चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज सङ्खुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ । हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्दछ ।

साथै उक्त घटनालाई दोहोरो भिडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ । यसरी नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको छ ।

सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने नेकपाले सम्बन्धित सबैमा जानकारी गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal