
काठमाडौँ । कम्युनिस्ट आन्दोलनका एक अगुवा तथा नेता सोनाम साथीको आज अन्त्येष्टि गरिँदैछ । सोनामबाट परिचित शशि शेरचनको शुक्रबार निधन भएको थियो ।
कोरोना भाइरस संक्रमित स्वनामको उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा शुक्रबार साँझ उनको निधन भएको थियो । तर कोरोना संक्रमणमुक्त भएको रिपोर्ट आएपनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । असोज २८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
मृर्गौला रोगबाट पीडित स्वनाम कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचार गरिएको थिए । कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वनामलाई निमोनियाले च्याप्दै गएको थियो । उनलाई पाटनबाट काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको थियो । म्याग्दीको अर्मनमा जन्मिएका स्वनामको ७० वर्षको उमेरमा निधन भएको हो ।
कम्युनिस्ट मूल्य मान्यता र आदर्शमा अडिग स्वनाम साथीले नेपाली युवाहरुलाई असली कम्युनिस्ट प्रेरित गर्दै आएका थिए । विश्व कम्युनिस्ट, मार्क्सवादसहित विभिन्न राजनीतिक दर्शनको अध्ययन गरेका स्वनामले कम्युनिस्ट नेताहरुको तडकभडगको जहिले पनि आलोचना गर्दै आएका थिए । उनले अरुलाई कहिलै हानी पुर्याउनु हुँदैन, राजनीतिमा लागेर पद होइन सेवा गर्नुपर्छ, जिन्दगी सुन्दर बनाउनु पर्छ भन्ने भन्दै आएका थिए ।
सम्पन्न घर परिवारमा जन्मेर पनि विद्यार्थीकालबाटे सामान्य जीवनयापन बिताउँदै आएका स्वनाम लामो समयसम्म अविवाहित थिए । स्वनामले २०७० सालमा इञ्जिनियर किरण गौतमसँग जनवादी विवाह गरेका थिए । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा भएको विवाहमा तत्कालीन अध्यक्ष प्रचण्ड, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायतले बधाई दिएका थिए ।
म्याग्दीको अर्मनमा २००७ सालको क्रान्तिकै बेला जन्मेका स्वनाम हुने खाने परिवारका थिए । त्यसैले उनलाई वसन्त गौचन (९० वर्ष) ले पढाउन भनेर दार्जिलिङ लैजान खोजेका थिए । गोरखपुरको गर्मी खप्न नसकेर उनी सात वर्षको उमेरमा काठमाडौं आए, बीएस्सीसम्मको अध्ययन गरे । राजनीति भने स्वनामले २०२२ सालदेखि सुरु गरे । त्यसपछि स्वअध्ययनमा लागे ।
तत्कालीन नेकपा (एकता केन्द्र मसाल) र माओवादी केन्द्रबीच एकता भएपछि स्वनाम खासै ठूलो जिम्मेवारी नलिएपनि कम्युनिस्ट नेता कार्यकर्ताहरुलाई कम्युनिस्ट विचारबारे प्रशिक्षित गर्दै आएका थिए । स्वनामले हेटौंडा महाधिवेशनमा तत्कालीन माओवादीको विधान मस्यौदा समिति संयोजक थिए । पछिल्लो समय उनी मार्क्सवादी स्कुल खोल्ने अभियानमा थिए त स्वास्थ्यमा आएको खराबीका कारण पूरा हुन सकेन ।