आज :

गणतन्त्रको लागि आन्दोलन चल्दा ओली बयलगाडाको कथा सुनाएर बसेका थिएः प्रचण्ड

काठमाडौं । (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रको हत्या गर्न लागेको बताएका छन् । प्रचण्डले ओलीले संसद विघटन गरेर लोकतन्त्रको हत्या र संविधानको अपहरण गर्ने काम गरेको बताए ।

केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संसद विघटन गरेर असंवैधानिक कार्य गरेको बताए । अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा ओली बयलगाडाको कथा सुनाएर बसेको सबैले सुनेको बताए । आन्दोल सफल भएपछि मात्रै ओलीले गणतन्त्र स्वीकार गरेको बताउँदै भने, “आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामी सबैले सुनेकै हौ । तरपछि आन्दोलन सफल भयो । उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु भन्नुभयो । हामीले होला भनेर विश्वास गर्यौ तर उहाँ मौका कुरेर बस्नुभएको रहेछ ।” प्रचण्डले पत्रकारको प्रश्नको जवाफ दिँदै ओलीप्रतिको बुझाईमा आफुहरुको केही कमजोरी रहेको बताए ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताउँदै कुनैपनि अपनत्व नरहेको दावी गरे । उनले पूर्वएमालेमा आफूमा ओलीले गणतन्त्र आउन नसक्ने भन्दै फरक मत राखेको समेत बताए ।

पत्रकार सम्मेलनमा नेपालले भने, “उहाँलाई संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अपनत्व छैन । उहाँ गणतन्त्र र संघीयता विरोधी मान्छे हो, जेएन कमरेड र म साँची छौं ।” उनले नेपाली कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने खेलमा लागेको बताउँदै संसद विघटन गरेर कम्युनिस्टलाई कमजोर बनाउन सुरु गरेको बताए ।

कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनालले केपी ओली गोमन सापजस्तै रहेको बताए । “गोमन सापले जहाँ देख्यो त्यही ठुग्छ ओली त्यस्तै हुन्” खनालले भने ।

संसद् विघटनविरुद्ध प्रचण्ड नेपाल समूहले चरणवद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । आज पहिलो दिन पार्टीका केन्द्रीय सदस्य र सांसदहरुले माइतीघरबाट विरोध प्रदर्शन गर्दै निर्वाचन आयोग र सर्वोच्चल अदालत पुगेका थिए । आफूसँगै पूरानो केन्द्रीय समितिमा बहुमत रहेकोले आफू आधिकारिक भएकोले बताउँदै सो समूहका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal