आज :

इजरायलमा पुनः लकडाउन, विद्यालय मात्रै संचालन हुने

काठमाडौं । कोरोना खोपको विकास गरेपनि कोरोना भाइरस संक्रमण बढ्दै गएपछि इजरायलमा पुन: लकडाउनको घोषणा गरिएको छ । इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन हुन लागेको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सरकारले पर्सी आइतबारदेखि देशव्यापी लकडाउन घोषणा गरेको इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तेस्रो चरणको पूर्ण लकडाउन तत्काल दुई हप्ताका लागि हुनेछ । तर आवश्यकताअनुसार लम्ब्याउन पनि सकिने विज्ञप्तिमा उल्लेख छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान पाइनेछैन । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि पाइनेछैन ।

लकडाउनका बेलामा तल्लो तहमा पूर्व प्राथमिक, कक्षा एकदेखि ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालन गर्न दिइने भएको छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम नहुँदासम्म लकडाउन कायमै रहने खबरमा उल्लेख छ । व्यावसायीक तथा व्यापारिक कार्यालयहरू बन्द हुनेछन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुल्नेछन् । काम गर्नेहरूलाई घरबाटै काम गर्न भनिएको छ । सार्वजनिक ठाउँमा भीडभाड गर्न पाइनेछैन ।

सार्वजनिक गाडीमा आधा संख्यामा मात्रै यात्रु रहने व्यवस्था छ । इजरायलमा अहिलेसम्म तीन लाख ८६ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन लाख ५४ हजार निको भएका छन् । तीन हजार एक सयभन्दा धेरैको ज्यान गएको वल्ड्रोमिटरकाे तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal