आज :

संसद विघटनविरुद्ध अन्तरिम आदेश गर्न अस्वीकार, सबै रिट संवैधानिक इजलासमा पठाइयो

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै रिट संवैधानिक इजलासमा पठाएको छ ।

बुधबार सर्वोच्च परेका ११ रिटमाथि बुधबार भएको सुनुवाईपछि सबै मुद्दा संवैधानिक इजलासमा लगिने भएको हो ।सुनुवाईमा रिट निवेदकका तर्फबाट भएको बहसपछि संवैधानिक इजलासमा लैजाने आदेश दिइएको हो ।

संवैधानिक इजलास १० पुसमा तोकिएको छ । संवैधानिक इजलास प्रधानन्यायाधीसको नेतृत्वमा तोक्ने व्यवस्था छ । निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले अन्तरिम आदेश जारी गरेर बृहत इजलासले विवादको टुंगो लगाउनुपर्ने जिकिर गरेका थिए ।

प्रधानन्यायाधीस राणाले विपक्षीको समेत बहस सुन्नुपर्नेद भन्दै अन्तरिम आदेश जारी नगरी संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal