आज :

संसद विघटनविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएका छन् । कानुन व्यवसायीहरुले आधा दर्जनभन्दा बढी रिट पेश गरेका छन् ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार सोमबार दिउँसो १ बजेसम्म ८ वटा रिट पेश भएका छन् । जसमध्ये आइतबार पेश भएका ३ रिट हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको सूचना जारी गरेसँगै कानुन व्यवसायी आइतबार नै सर्वोच्चमा पुगेपनि रिट दर्ता भएको थिएन ।

एकै प्रकृतिको धेरै रिट पेश हुने भएकोले आज सबै रिट दर्ता गर्ने सर्वोच्चले बताएको थियो । पेश भएका सबै रिट दर्ता गर्ने वा के गर्ने भन्नेबारे अध्ययन भइरहेको छ ।

संसद विघटनको सूचना सार्वजनिक भएसँगै आइतबारै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओली रिट बोकेर सर्वोच्चमा पुगेका थिए । सोमबार १० बजे पहिले नै कानुन व्यवसायीहरु रिट बोकेर सर्वोच्च पुगिसकेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अब यो निर्णय उल्ट्याउने विकल्प न्यायालय मात्र छ । कानुन व्यवसायी प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर संसद पुर्नस्थापनाको मागसहित विघटनको निर्णय खारेजी हुनुपर्ने दाबी गरेका छन् । ओलीको सिफारिस र राष्ट्रपतिको निर्णय असंवैधानिक भएको दाबी रिटमा गरिएको छ ।

संसद विघटनसँगै नेपालमा फेरि अस्थिर राजनीतिक सुरु भएको छ । सत्तारुढ (नेकपा)ले बहुमत हुँदै काँग्रेसका बाटो रोजेको भन्दै विरोध भइरहेको छ । ओलीको चौतर्फी विरोध भइरहेको छ । संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेका कृष्ण पहाडीलगायतका नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ देशका विभिन्न स्थानमा ओलीको पुत्ला जलाउँदै संसद विघटनविरुद्ध प्रदर्शन भइरहेको छ । तर पोखरामा भने ओलीको समर्थनमा नाराबाजी गर्दै युवाहरु सडकमा निस्किएका छन् । सोमबार विहान ओलीले आफू निकट नेताहरुको भेला बालुवाटारमा बोलाएका थिए । उनले संसद विघटन आफ्नो बाध्यता भएको बताएका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको भेला बानेश्वारमा सुरु भएको छ । संसदमा बहुमत जुटाउने प्रयास पनि भइरहेको छ । संसदमा १३८ जना सांसद पुगे सभामुखले संसद पुर्नस्थना गर्ने बताइएको छ । विशेषाधिकार प्रयोग गरेर सभामुख अग्नि सापकोटाले संसद पुर्नस्थापनाको लागि छलफल सुरु गरेका छन् । उनले कानुन व्यवसायीसँग समेत परामर्श गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal