आज :

बालुवाटारमा ओलीले बोलाएको भेलामा किन गएनन् बादल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट नेताहरुको सोमबार विहान बालुवाटारमा भेला बोलाए । भेलामा विघटित संसदका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । ओलीको भेलामा अधिकांश अनुहार चिनिएकै भएपनि दुई नयाँ अनुहारको उपस्थिति हुने अपेक्षा गरिएको थियो । पूर्वमाओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट पनि ओलीको भेलामा सहभागि हुने बताइएको थियो । तर, बादल अनुपस्थित भए ।

ओलीको बोलाएको निर्धारित समयमा बादल नपुगेपछि कार्यक्रम अगाडि बढेको थियो । बादल सहभागी हुने प्रधानमन्त्री ओलीले पनि विश्वास गरेका थिए । तर, त्यतिबेला बादल मन्त्री क्वाटरमै आफू निकट नेताहरुसँग छलफलमा जुटेका थिए । भट्ट भने समयमै पुगेको एक नेताले बताए । आइतबार सात मन्त्रीले राजिनामा दिने बेला बादल र भट्ट बालुवाटारमा थिए । त्यसैले बादल र भट्ट ओलीले प्रचण्डलाई छोडेको समाचार पनि आएका थिए ।

बादलले बालाएको बैठकमा प्रमुख सचेतक समेत रहेका नेता देवप्रसाद गुरुङ, पम्फा भुसाललगायत २० भन्दा बढी नेताहरु सहभागी थिए । उनीहरु सबैले संसद विघटन गर्ने ओलीको कदमको विरोध गरेका थिए । यसलाई प्रतिगमन भएको भन्दै बादललाई ओलीको पछि नलाग्न सुझाव दिएका थिए ।

पछिल्ला दिनमा भएका प्रचण्ड समूहका भेला तथा कार्यक्रममा र छलफलमा बादल सहभागी भएका थिएनन् । सरकारमा भएकोले नैतिक रुपमा बादल ओली विरोध कार्यक्रममा सहभागी नभएको बताइएको थियो । अविश्वास प्रस्तावमा बादलको हस्ताक्षर पनि छैन ।

बादलले प्रचण्डलाई छोडेको भनिएपनि ओलीले बालुवाटारमा बोलाएको भेलामा सहभागी भएनन् । छलफलमा नेताहरुले बादललाई प्रतिगामी कदमलाई साथ नदिने भन्ने सुझाव दिएपछि आफूले सोचेर निर्णय लिने बताएका थिए । आफू निकट नेताहरुको दवावकै कारण ओलीले बालुवाटारमा बोलाएको बैठकमा बादल नगएको एक नेताले बताए ।

वैद्यसँग छुटिएर ठूलो टीमसहित प्रचण्डसँग मिल्न गएका हुन् । बादलसँग गएका ३५ जना अहिले (नेकपा)को कन्द्रीय सदस्य रहेको एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal