
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सहमतिको प्रयास गर्ने भन्दै स्थगित बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।
बैठक पूर्वसन्यधामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै दौडधुप गरेका थिए । शनिबार विहानैदेखि सुरु गरेको भेटघाट र छलफल रातिसम्म चलेको थियो । विहानै प्रचण्ड निवासमा पुगेका ओली गृहमन्त्री बादल र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए । भेटमा ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेका थिए ।
खुमलटारमा भएको छलफलमा प्रचण्डले प्रस्ताव फिर्ता नलिने अडान दोहोर्याएका थिए । ओलीले अध्यादेश फिर्ता गर्ने सहमति जनाएपनि अहिलेसम्म कुनै प्रक्रिया थालेका छैनन् । ओलीले अध्यादेशलाई प्रचण्डको प्रस्ताव फिर्ता गराउने हतियार बनाएका छन् ।
ओलीले अहिले आफू निकट स्थायी समिति सदस्यलाई बोलुवाटार बोलाएका छन् । ओली निकट केही स्थायी समिति सदस्य विहानै बालुवाटार पुगिसकेको बताइएको छ । उनीहरुसँग आजको बैठकमा कसरी पेस हुने र बैठकमा सहभागी हुने वा नहुने भन्नेमा ओलीले छलफल गर्ने स्रोतले बतायो ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए । ओलीले मंसिर १३ गतेको बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए । अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । तर, दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताएका छन्।
ओलीलाई बैठकमै गएर फेस गर्न सुझाव बढिरहेको छ ।