आज :

प्रचण्ड-नेपालसँग मिलेर सरकार ढाल्ने काँग्रेस र सजपाबीच सहमति

काठमाडौं । प्रतिपक्षमा रहेका दुई पार्टीले सरकार ढाल्ने सहमति गरेका छन् । यसको पहिलो चरणमा सरकारविरुद्ध मिलेर सडक र सदन ताउने र त्योसँगै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्ने सहमित गरेका छन् ।

त्यसको लागि सत्तारुढ (नेकपा) कै नेताहरुसँग छलफल सहकार्य गर्ने पनि सहमति भएको एक नेताले बताए । (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहसँग मिलेर सरकार ढाल्नेबारे शनिबार साँझसम्म दुबै पार्टीका नेताहरुबीच छलफल भएको थियो । (नेकपा) भित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा रहेको र प्रचण्डसँगको दुरी पनि कम हुन नसकेको निष्कर्षमा काँग्रेस र सजपाका नेताहरु पुगेका छन् ।

‘हामीले होइन ओलीजीको पार्टीकै नेताहरु सरकार ढाल्ने तयारीमा हुनुहुन्छ, हामीले पनि प्रचण्डजीहरुलाई सहयोग गर्नेबारे छलफल भएको हो, यो सरकार धेरै दिन राख्यो भने लोकतन्त्र मासिने खतरा पनि बढ्दै गएकोले विकल्प खोजिनु पर्छ भन्ने हो’ छलफलमा सहभागी एक नेताले भने । ओलीले अध्यादेश ल्याएपछि यसबारे प्रचण्ड र नेता नेपाल समूहका नेताहरुसँग छलफल भएको समेत खुसाला गरे ।

त्यसैगरी काँग्रेस र सजपाका नेताहरुबीच दुई बुँदे सहमति समेत भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको दुई पार्टीको बैठकले तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

त्यस्तै सत्तारुढ दलमा भइरहेको विवाद र सरकारमा सहभागिताका विषयमा पनि छलफल भएको जसपा स्रोतले बतायो । (नेकपा) भित्रको विवाद अझै केही दिन रहेमा ओली नेतृत्वको सरकार ढल्ने भन्दै त्यसपछि बन्ने सरकारको लागि दुबै तयार रहने नेताहरुले निष्कर्ष निकालेका छन् ।

ओली नेतृत्वको सरकारमा दुबै नजाने र जानै पर्ने अवस्था आए फेरि छलफल गरेर टुंग्याउने दुबै पार्टीका नेताहरुबीच सहमति भएको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र डाक्टर मिनेन्द्र रिजाल र जसपाका अध्यक्ष महन्थ ठाकुर नेताहरु डाक्टर बाबुराम भट्टराई र राजेन्द्र महतो भेटमा सहभागी थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal