आज :

नेपालमा कोरोनाका सक्रिय संक्रमित ८ हजारमा झरे, २ लाख ४२ हजार ५६७ कोरोनामुक्त 

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु ८ हजारमा झरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १७५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै शनिबारसम्म देशभर ८ हजार ८४० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७८० नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

शनिबार थप  १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा १ हजार ७७७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal