आज :

प्रावि तहबाटै पत्रकारितालाई अनिवार्य विषय बनाउनु पर्ने पत्रकार विद्यार्थी संगठनको माग

बुटवल  ।  पत्रकार–विद्यार्थी संगठन नेपालले प्रा.वि. तहबाटै पत्रकारितालाई अनिवार्य विषय बनाएर पठनपाठन गराइनुपर्ने माग गरेको छ । संगठनको रुपन्देही जिल्लाको बैठकले पत्रकारितालाई राज्यको चौथो अंक मानिसकेको अवस्थामा प्रा.वि.तहबाटै अध्ययन गरिनुप‍र्ने माग गरेको हो । त्यसको लागि संगठनले सरकारको ध्यानाकर्षणसहित देशभर अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

शनिबार सम्पन्न बैठकले प्रथम जिल्ला भेला गर्ने निर्णय गर्दै श्रमजिवी तथा पत्रकारको पेशागत सुरक्षाको लागि गरिने संघर्षमा सहभागी हुने समेत निर्णय गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेको उपस्थिति र रुपन्देही जिल्ला समिति अध्यक्ष गंगा भण्डारीको अध्यक्षता सम्पन्न बैठकले पत्रकार–विद्यार्थी संगठनको आयोजनमा माघको ८, ९, १० गते बुटवलमा आधारभुत पत्रकारिता तालिम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । न्याय र राष्ट्रका लागि उत्पीडित पत्रकार र विद्यार्थीहरुको मजवुत एकता कायम गर्ने, सदस्यता वितरण, संगठन विस्तार तथा सुदृढ अभियान सफल पार्ने सो संगठनको उद्धेश्य रहेको अध्यक्ष मुक्ति गैरेले जानकारी दिए ।

बैठकमा संगठनका केन्द्रीय अध्यक्ष गैरेले नेपाल पत्रकार महासंघको (सिण्डीकेट) एकाधिकारवादी नीति र श्रमजीवी तथा पेशागत पत्रकारहरुको पक्षमा उभिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal