आज :

प्रचण्ड-नेपालको एउटै स्वरः अध्यादेश फिर्ता नलिएर चुरीफुरी गरे ओलीलाई पार्टीले कारवाही गर्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने बताएका छन् ।

शुक्रबार भएको गुटको गोप्य भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने निर्णय पार्टीले गरिसकेको बताउँदै ओलीले त्यसलाई कार्यान्वयन नगरे पार्टी कडा एक्सनमा जान बाध्य हुने चेतावनी समेत दिए । आफू निकट कार्यकर्ताको भेलालाई सम्बोधनको क्रममा प्रचण्डले भने, ‘अध्यादेश फिर्ता गर्ने पार्टी स्थायी समितिले निर्णय गरिसकेको छ, यसको अवज्ञा गरिए हामी एक्सनमा जान्छौं ।’ उनले ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको समेत बताए ।

भेलामा सहभागी एक जनताका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेको बताउँदै अध्यादेश पनि त्यसैको कडी भएको बताए । उनले ओलीले  पार्टी फुटाउन खोजेपनि आफूहरुले त्यो असफल बनाउने दाबी समेत गरे । प्रचण्डले ओलीविरुद्ध जे जे गर्नु पर्ने हो सबै गर्ने बताउँदै भेला सबै कुरा नभन्ने समेत बताए ।

पार्टी एकीकरणपछि दुई अध्यक्ष भएर धेरै निर्णय गरेको तर, ओलीको धोका दिने, अपमान गर्ने प्रवृत्ति नरोकिएको बताए । उनले आफूलाई मिलौ भनेर अरु नेतालाई बाइपास गर्न खोजेपछि ओलीसँग कुरा नमिलेको बताए । त्यस्तै, ओलीले गरेका सहमति र निर्णयको पालना नगरेकैले पार्टीमा विवाद सुरु भएको प्रचण्डले बताए । प्रचण्डले भेलामा सहभागी नेताहरुलाई पूर्वएमाले र पूर्वमाओवादी भन्ने सोंच नै नराख्न आग्रह गरेका थिए ।

भेलामा वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीको चर्को विरोध गरेका थिए । उनले ओलीले अध्यादेश फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी दिए । ओली संस्थागत रुपमा चल्न नचाहेकै कारण पार्टीमा विवाद उत्पन्न भएको नेपालले बताए । उनले ओलीले अपमान गरेकै कारण अलग समूह बन्न गएको समेत बताए ।

पेरिसडाडाँमा भएको भेलामा प्रदेश १ का प्रचण्ड र माधव नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।

प्रचण्ड-वरिष्ठ नेता माधव कुमार नेपाल समूह निकट भेलाले देशभरका  जिल्ला अध्यक्षलाई काठमाडौं बोलाएर भेला गर्ने निर्णय गरेको छ । पार्टीको विवादबारे जानकारी र भावी रणनीतिबारे छलफल गर्न जिल्ला अध्यक्षहरुको भेला गर्ने निर्णय भएको एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal