आज :

नेपालमा थप ७८२ जना संक्रमित, १०२९ जना कोरोनामुक्त, सक्रिय संक्रमित ९३१७ जना

काठमाडौं । नेपालमा थप ७ सय  ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म २ लाख ४१ हजार ३९२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal