आज :

उखु किसानको आन्दोलनमा उद्योग मन्त्री भट्टको साथ

काठमाडौं । उद्योग, आपूर्ती तथा वाणिज्य मन्त्री लेखराज भट्टले उखु किसानको आन्दोलनप्रति एक्येवद्धता जनाएका छन् । बाँकी भुक्तानीको माग गर्दै शुक्रबार काठमाडौंमा गरिएको विरोध प्रदर्शन स्थलमै पुगेर मन्त्री भट्टले एक्येवद्धता जनाएका हुन् ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मन्त्री भट्टले किसानको बाँकी भुक्तानीको लागि मन्त्रालयले उद्योगीलाई निर्देशन दिइसकेको बताए । उनले भुक्तानी नगर्ने उद्योगविरुद्ध ठगी मुद्दा चालाउने तयारी भइरहेको भन्दै चाँडो भुक्तानी गरेर कारवाहीबाट बच्न समेत उद्योगीलाई मन्त्री भट्टले सुझाव समेत दिए ।

पटकपटक गरेको सहमतिअनुसार आफूको भुक्तानी नगरेको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेका छन् । किसानहरु आजपनि विरोध प्रदर्शन गरेका छन् । भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरी ठगी मुद्दा चलाउने सम्बन्धित जिल्ला  प्रहरीलाई हेड्क्वाटबाट निर्देशन  गएको थियो ।

संसदीय समितिले पनि उखु किसानको तुरुन्त भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । यसैबीच श्रीराम चिनी उद्योगले आजबाट किसानको भुक्तानी सुरु गरेको छ । विहीबार एक विज्ञप्ति जारी गरेर उद्योगले आजबाट किसानको भुक्तानी गर्ने बताएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal