आज :

कोरोना निको हुनेको संख्या २ लाख ४० हजार नाघ्यो, ९ हजार ५८० जना सक्रिय संक्रमित 

काठमाडौँ । नेपालमा कोरोनामुक्त भएर सामान्य जीवनम फर्किनेको संख्या २ लाख ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप ८४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

कुल संक्रमित संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । विहीबार थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० जना मात्रै रहेका छन् ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा ५ हजार ५५५ नमूना परीक्षण गरिएको बताइएको छ ।

त्यसैगरी ६ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट १ हजार ७ सय ४९ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको कोरोना परीक्षण गरिएको छ । विहीबार देशभर ४४४ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal