आज :

सवारी साधनको जोर-बिजोर प्रणाली हट्यो

काठमाडौं । सवारी साधनमा जारी जोर-बिजोर प्रणाली हटाइएको छ । शुक्रबारदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने जिल्ला प्राशसन कार्यालय काठमाडौंले निर्णय गरेको छ ।

विहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको भन्दै जोर बिजोर प्रणाली हटाइएको हो । अब शुक्रबारबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको पराजुलीले बताए ।

यसअघि नै यातायात व्यवसायी र  यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा गरेका थिए । व्यवसायीले जोरबिजोर तोड्ने पक्का भएपछि प्रशासनले बैठक बोलाएर सोहीअनुसार निर्णय गरेको छ ।

केही दिनदेखि काठमाडौंमा यात्रुहरुको चाप बढेकोले भिडभाड भएको र स्वास्थ्य मापदण्ड पनि उलंघन हुँदै गएको छ । जोरबिजोर हटाउने निर्णय सकारात्मक भएको व्यवसायी र यातायात मजदूर संगठनले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal