काठमाडौँ । नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिले सञ्चारप्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार सुरक्षाका बारेमा छलफल गरेको छ । नेपाल पत्रकार महासंघमा बुधबार आयोजित कार्यक्रममा महासंघले जारि गर्न लागेको सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकार,कामदार र कर्मचारीका लागि बनाएको सुरक्षा मार्गनिर्देशन मस्यौदामा छलफल भएको हो ।
कार्यक्रममा महासंघका सचिव प्रकाश थापाले पत्रकारहरुको भौतिक, मानसिक, कानूनी, पेशागत तथा लैंगिक सुरक्षा सुनिश्चित गर्न पत्रकार सुरक्षा मार्गनिर्देशन आवश्यक भएको बताए । महासंघका केन्द्रीय सदस्य एवम् डिजिटल समितिका संयोजक लेखनाथा न्यौपानेले पत्रकार सुरक्षासंगै डिजिटल सुरक्षा पनि पछिल्लो समय अनिवार्य भएको बताए ।
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकार संगै डिजिटल मिडिया सुरक्षाका चुनैतिहरु दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो ।
महासंघका पूर्व सचिव ध्रव लम्साल, लोकतान्त्रीक छापामाध्यमका अध्यक्ष दामोदर दवाडी, अनलाई पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी, महासंघ ललितपुर शाला अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायले प्रारम्भिक मस्यौदामाथि सुझाव दिएका थिए ।