आज :

प्रमुख सचेतकबाट राजिनामा दिन्नः गुरुङ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राजिनामा नदिने बताएका छन् । दलका नेता तथा प्रधानन्त्री केपी शर्मा ओलीले राजिनामा दिन दवाव दिइर‍हेको बेला गुरुङले आफूले राजिनामा नदिने बताएका हुन् ।

ओलीले गुरुङलाई बालुवाटारमै बोलाएर विचार नमिलेको र आफ्नो विरुद्ध लागेको भन्दै राजिनामा दिन भनेका थिए । अध्यादेश जारी भएपछि पनि ओलीले गुरुङलाई राजिनामा दिन दवाव दिइरहेका छन् ।

गुरुङले आफू पार्टीको निर्णयबाट प्रमुख सचेतक भएको एक जनाले भन्दैमा राजिनामा नदिने बताएका छन् । राजिनामा र अध्यादेशबारे पार्टीका केही नेताहरुसँगको छलफलमा गुरुङले राजिनामा नदिने बताएका हुन् । तर गुरुङले पार्टीले आधिकारिक निर्णय गर्यो भने राजिनामाको लागि तयार भएको समेत बताए ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादका बारेमा आफ्नो विचार राखेको बताउँदै स्वतन्त्र विचारमाथि कसैले पनि हस्तक्षेप गर्न नमिल्ने समेत बताए । गुरुङले राजिनामा नदिएपछि ओलीले बर्खास्त गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

ओलीले गुरुङलाई हटाएर आफूनिकटखगराज अधिकारीलाई प्रमुख सचेतकमा नियुक्ति गर्ने तयारी गरेका छन् । आफ्नो मान्छे प्रमुख सचेतक नल्याएसम्म ओलीले संसद बैठक समेत नबोलाउने बताइएको छ । गुरुङले सांसदहरुलाई ह्वीप जारी गर्न सक्ने र आफू कमजोर हुने भएको बताउँदै प्रमुख सचेतक फेर्न लागेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal