आज :

राष्ट्रपति र प्रधानमन्त्री पतनकाे दिशामाः दलजीत श्रीपाइली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा नेता दलजित श्रीपाइलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली पतनको दिशमा भएको बताएका छन् । नेता श्रीपाइलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएसँगै राष्ट्रपति र प्रधानमन्त्री पतनको दिशमा भएको स्पष्ट भएको बताए ।

अध्यदेश ल्याउनु असंवैधानिक बाटो भएको बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीकाे सत्ता स्वार्थकाे पराकाष्ठा भएको बताए । ”राष्ट्रपति र प्रधानमन्त्रीकाे सत्ता स्वार्थकाे पराकाष्ठा -संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी” श्रीपाइलीले सामाजिक संजालमा लेखेका छन् ।

नेता श्रीपाइलीले अनलाइन डबलीसँग कुरा गर्दै अध्यादेश नेपालकाे संविधान २०७२ को मूल्य मान्यता र भावनाविपरित, असंवैधानिक, परिवर्तनविरोधी र कुनियतकापूर्ण भएकाे बताउँदै त‍ुरुन्त खारेज गर्न माग समेत गरेका छन् ।

संसद छलेर ल्याएको अध्यादेशलाई आजबाट बस्ने पार्टीको स्थायी समिति बैठकले खारेज गर्ने दाबी समेत श्रीपाइलीले गरे । ” संसद छलेर प्रधानमन्त्रीज्यूले असंवैधानिक बाटाे राेजेर राष्ट्रपतिलाई प्रयाेग गरि जुन अध्यादेश ल्याउनुभएको छ,यसको सर्वत्र विराेध भइरहेको छ । स्थायी कमिटी बैठकले खारेज गर्न निर्देशन दिनेछ” श्रीपाइलीले भने ।

पूर्वमन्त्री समेत रहेका (नेकपा) केन्द्रीय सदस्य श्रीपाइलीले अध्यादेश जनयुद्ध-जनआन्दोलन र मधेश आन्दोलनको मर्म र भावना विपरित भएको बताएका छन्  उनले अगाडि भने, ”अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतकापूर्ण छ। जनयुद्ध -जनआन्दोलन र मधेश आन्दोलनको मर्म र भावना विपरित छ। त्यसैले जारी अध्यादेश तुरुन्त खारेज गर्नुपर्छ ।”

उत्पिडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायकाे संघर्षबाट प्राप्त अधिकार खाेस्नतिरै उदत्त रहेको र कम्युनिस्टको बदनाम गराउनुको साथै विद्यामान व्यावस्थालाई नै संकटमा धकेल्ने कदम भएको बताउँदै श्रीपाइलीले जारी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् ।

मंगलबार विहान आह्वान गरिएको संवैधानिक परिषद बैठकमा कोरम नपुगेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेका थिए । यद्यपी केही मन्त्रीहरुले अध्यादेश ल्याउन‍बारे आफूहरुलाई जानकारी नभएको बताउँदै राष्ट्रपतिले जारी गरेपछि जानकारी पाएको बताएका छन् ।

परिषद्का अध्यक्षसहित तीन जना उपस्थित भए बैठक बसाल्न सक्ने गरी अध्यादेश जारी गरिएको छ । सोहीअनुसार संवैधानिक परिषद्को बैठक मंगलबार साँझ बसेको छ । बैठकमा परिषद् अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्र‍ियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए । संवैधानिक निकायमा रिक्त ४५ पद पू‍र्तीको लागि मंगलबार छलफल भएको केही नाम टुंगो समेत लागिसकेको छ । बुधबार थप नामको टुंगो लगाएर सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal