आज :

सभामुख संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । संवैधानिक परिषदको बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । अहिले पनि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आज विहान बोलाइएको स‍ंवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि ५ बजे सारिएको छ । पाँच बजे पनि सभामुख अनुपस्थित भए के गर्ने भन्ने विषयमा निर्णय लिन ओलीले मन्त्रिपरिषद् बैठक बोलाइएको स्रोतको दाबी छ ।

यसअघि आइतबार बोलाइएको परिषदको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि आव विहानसम्मलाई सारिएको थियो ।

परिषदका अध्यक्ष प्रधानमन्त्री ओलीले परिषद बैठकमा राम्रो समन्वय नगरेको र बैठकका एजेण्डबारे पूर्व जानकारी नगराइएको भन्द सभामुख सापकोटा बैठकमा अनुपस्थित भएका हुन् ।

पार्टीभित्रको विवाद संवैधानिक परिषदमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकबाट महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको आग्रमा आफूलाई अप्ठ्यारोमा मार्न सभामुख सापकोटा अनुपस्थित हुँदै आएको निष्कर्ष पुगेपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal