आज :

संवैधानिक परिषद् बैठकमा किन गएनन् सभामुख सापकोटा ?

काठमाडौं । संवैधानिक परिषद् बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटा बैठकमा सहभागी नभएपछि बैठक आजै ५ बजे लागि स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएपनि सभामुख सापकोटा अनुपस्थित भए । यसअघि आइतबार बोलाइएको बैठकमा देउवा पनि सभागी भएका थिएनन् ।

सभामुख सापकोटाले आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका थिए । तर मंगलबारको बैठकमा अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै सापकोटा बैठकमा नगएको बताइएको छ । संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने ‍व्यवस्था छ ।

संवैधानिक परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था छ । तर, परिषदका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एजेण्डाबारे कुनै जानकारी नगराएकोले सभामुख सापकोटा बैठकमा नगएको स्रोतले बतायो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले संवैधानिक अंगका ४५ रिक्त पदहरुमा भागबण्डा गरी कुरा मिलाएका छन् । तर आफ्नै पार्टीका सभामुखलाई एजेण्डा समेत गराएका छैनन् । प्रधानमन्त्रीको कार्यशैलीबाट असन्तुष्ट भएकोले नै सभामुख बैठकमा अनुपस्थित भएको बताइएको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता गरी ६ जना रहेन व्यवस्था छ । जसमा सभामुख चयन हुन बाँकी भएकोले अहिले पाँच जना मात्रै सदस्य छन् । बैठकको कोरम पुग्नलाई अहिले प्रधानमन्त्री बाहेक ४ जना सदस्य उपस्थित हुनुपर्छ ।  मंगलबार सभामुख अनुपस्थित हुँदा कोरोना नपुगेपछि बैठक स्थगित गरिएको हो ।

सत्तारुढ (नेकपा) भित्रको आन्तरिक विवाद ‍संवैधानिक परिषदमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग कुनै छलफल नगरी नै संवैधानिक परिषद बैठक बोलाएकोले सभामुख अनुपस्थित भएका हुन् । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको आग्रहमा सापकोटा बैठकमा नगएको बालुवाटार स्रोतको दाबी छ ।

उपसभामुख चयन नभएसम्म संवैधानिक नजान पार्टीभित्रको सुझावलाई बेवास्ता गर्दै देउवा मंगलबारको बैठकमा उपस्थित भए । यसले काँग्रेसभित्र पनि विवाद बढाउने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal