आज :

‘निर्दयी प्रहरी प्रशासन’ : ग‍म्भीर बिरामी हुँदा पनि उपचार गर्न नदिएपछि नेकपाका नेता पुनको मृत्यु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता गजेन्द्र पुन ‘जगत’ ले समयमै उपचार नपाएपछि मृत्यु भएको छ । विप्लव नेतृत्वको नेकपामा आस्था राखेको आधारमा प्रहरीले गि रफ्तार गरेर चरम यातना खेपेका नेता जगतको सोमबार मृत्यु भएको बताइएको छ ।

नेकपाको म्याग्दी जिल्ला  जनपरिषद् प्रमुख समेत रहेका जगतलाई प्रहरीले बिरामी हुँदा पनि उपचार गर्न दिएको थिएन । प्रहरीको नियन्त्रणमै एक्कासी बेहोस भएका जगतलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले टाउकाको इमर्जेन्सी अप्रेशन गर्न भनेको थियो । तर प्रहरीले उपचार नगरी हिरासतमा लगेको थियो ।

जगतको समयमै उपचार नभएको र बेहोस हुँदा पनि प्रहरीले लापरवाही गरेको कारण मृत्यु भएको परिवारले जनाएका छन् । अन्तिम अवस्थामा पुगेपछि बल्ल प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेको थियो । अस्पताल भर्ना गरिसक्दा पनि प्रहरीले गम्भीर लापरवाही गरेको थियो । प्रहरीले उपचार खर्च ल्याएर घरपरिवारलाई उपचार गर्न भन्दै पन्छिएको थियो ।

५८ वर्षीय जगत गम्भीर बिरामी हुँदा पनि उपचार गर्न नदिने प्रहरी अधिकारीलाई परिवारले कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal