आज :

बाइडन औपचारिक रुपमा राष्ट्रपतिमा नि‍र्वाचित, जनवरी २० मा ह्वाइट हाउस पस्ने

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले जितको औपचारिकता पूरा गरेका छन् । इलेक्टोरल कलेजको समर्थन पाएसँगै बाइडन औपचारिक रुपमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ ।

जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडन र उहाँकी उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको हो ।

गत नोभेम्बर ३ मा सम्पन्न अत्यन्तै विवादास्पद निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३०६ र उहाँका रिपब्लिकन प्रतिष्पर्धी एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाउनु भएको छ ।

अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मत दिने गर्दछन् ।

कुनै प्रमाण बिनै लगातार चुनावमा धाँधली भएको आरोप लगाइरहनुभएका ट्रम्पले सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्वीकार्नुभएको छैन । हुँदा हुँदा उहाँले इलेक्टोरल कलेजले दिने मतबाट आफू विजयी हुने दाबीसमेत गर्दै आएका थिए ।

अदालतलाई प्रयोग गरेर केही संग्रामीमैदान मानिएका राज्यहरुको चुनावी परिणाम उल्ट्याउने ट्रम्पको प्रयास पनि सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएकाले सकिएको छ । अब बाइडनले आउँदो २० जनवरी २०२१ को दिन आयोजना गरिने भव्य समारोहसँगै ह्वाइट हाउसको साँचो समात्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal