आज :

उखु किसानको पक्षमा उद्योग मन्त्री भट्टः चिनी उद्योगीलाई दिए यस्तो निर्देशन, किसानसँग वार्ता हुँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट उखु किसानको पक्षमा उभिएका छन् । चिनी उद्योगीलाई भुक्तानी दिएको विवरण पेश गर्न कडा निर्देशन दिएका छन् । उखु किसानले काठमाडौं आएर आन्दोलन थालेपछि मन्त्री भट्टले उद्योगीलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

छलफलमा उद्योगीले आफूहरुले भुक्तानी गरेको दाबी गरेपछि आजसम्म सबै विवरण पेश गर्न निर्देशन दिएका छन् । उद्योगीले के कति भुक्तानी गरेका छन् र बाँकी कति रहेको छ भन्ने जानकारीको लागि मंगलबार भित्र विवरण पेश गर्न भनिएको छ । छलफलको क्रममा भुक्तानी गर्न भएको ढिलाईबारे मन्त्री भट्टले उद्योगीसँग स्पष्टिकरण समेत लिएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार २०७६ पुस १८ गते भएको सहमतिअनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न मन्त्रीले निर्देशन दिएका हुन् । भुक्तानी विवरण पेश नगर्ने उद्योगलाई कारवाही गर्ने मन्त्रालयको तयारी छ ।

छलफलमा उद्योग मन्त्रालयले गरेको छलफलमा अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल सहभागी थिए । राकेशको दुई मिलको २२ करोड र विशालको मिलको २७ करोड रुपैयाँ वक्यौता छ । लुम्बिनी चिनी मिलका सञ्चालकको निधन भएको र परिवारका अन्य सदस्य सम्पर्कमा नआएकाले भुक्तानीमा प्रगति नभएको मन्त्रालयले जनाएको छ ।

एक वर्ष अगाडि गरेको सहमतिअनुसार उद्योगले भुक्तानी नगरेपछि सर्लाहीका किसानले आइतबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् । आज तेस्रो दिन पनि उखु किसानले प्रदर्शन जारी राख्ने बताएका छन् ।

यसैबीच मन्त्री भट्टले उखु किसानलाई आज (मंगलबार) विहान ११ बजे बार्तामा बोलाएका छन् । उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal