आज :

काँग्रेसको शक्ति प्रदर्शनमा नाराः ‘आर्यघाटले के भन्छ- केपीलाई ले भन्छ’

काठमाडौं । नेपाली काँग्रेसले देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको हो ।

काँग्रेस कार्यकर्ताहरुले उत्तेजक नारा लगाइरहेका छन् । काठमाडौंको रत्नपार्कमा गरिएको प्रदर्शनमा काँग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । काँग्रेस कार्यकर्ताहरुले ‘आर्यघाटले केन्छ – केपी ओलीलाई ले भन्छ’ सबैभन्दा बढी लगाएको नारा हो ।

पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरुले विभिन्न जिल्लाका विरोध प्रदर्शनलाई सम्बोधनको तयारी भइरहेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लि‌एको विरोधमा काँग्रेस पदाधिकारी बैठकले आज देशभर एकैसाथ शक्ति प्रदर्शन गर्ने निर्णय गरेको थियो । पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई सरकारले प्रहरी लगाएर अवरोध गरेपछि काँग्रेस विरोध प्रदर्शनमा उत्रिएको छ ।

देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै गएकोले विरोध जनाउन देशव्यापी प्रदर्शन गरिएको काँग्रेसले जनाएको छ ।

आज हुने विरोध प्रदर्शनको नेतृत्व गर्न केन्द्रीय नेता ७७ वटै जिल्लामा पुगिसकेका छन् । पूर्वसन्ध्यामा आइतबार साँझ काँग्रेसले काठमाडौंसहित विभिन्न शहरमा सिठी जुलुस निकालेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवादेखि केन्द्रीय नेताले सम्बोधन गर्न ठाउँ र जिल्ला काँग्रेसले यसअघि नै तोकिसकेको थियो । जसमा सभापति देउवाले हेटौंडामा हुने विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् । त्यस्तै, वरिष्ठ नेता पौडेलले काठमाण्डौमा हुने प्रदर्शनको नेतृत्व गर्नेछन् ।

त्यसैगरी उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा.रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

काँग्रेसको प्रदर्शनले कोरोना संक्रमण बढ्ने चिन्ता बढेको छ । तर काँग्रेसले भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal