आज :

गृहमन्त्री बादलले भने-विप्लव गणतन्त्र विरोधी होइनन्, राजावादीको सपना पूरा हुँदैन

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको पक्षमा सडकमा आन्दो‍लनमा उत्रिएका राजावादीहरुको सपना पूरा नहुने बताएका छन् । बादलले व्यवस्था परिवतर्नको माग गर्नेहरुको सपना पूरा नहुने समेत बताए ।

सोमबार चितवन पुगेका गृहमन्त्री बादलले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले लामो समयको आन्दोलनपछि स्थापित लोकतान्त्रिक व्यवस्था सडकमा आन्दोलन गरेकै भरमा परिवर्तन नहुने दाबी समेत गरे । राजावादीलाई लक्षित गर्दै बादलले आन्दोलनमा कुनै योगदान नदिएका संगठनहरुले सडकमा प्रदर्शन गरेकै भरमा गणतन्त्रको विकल्प सोच्न नसकिने बताए ।

त्यसैगरी नेपाली काँग्रेसको विरोध प्रदर्शनले सरकारलाई कुनै असर नपर्ने बताए । काँग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरिरहँदा गृहमन्त्री बादलले त्यसले कुनै असर नपर्ने दाबी समेत गरे ।

पत्रकारसँगको भेटको क्रममा गृहमन्त्री बादलले विप्लव नेतृत्वको नेकपालाई गणतन्त्र विरोध शक्ति नभएको बताए । उनले सरकारले विप्लवलाई गणतन्त्र विरोधी नमानेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal