आज :

अख्तियारका पूर्वप्रमुख बस्न्यात ललिता निवासको जग्गा प्रकरणमा दोषी, पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको छ ।ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै विशेष अदालतले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

भूमिसुधार मन्त्रालयको सचिव भएका बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको छ ।

त्यसैगरी अख्तियारको प्रमुख हुने बेला पनि कमिसन तथा घुस लिएर भ्रष्टलाई उन्मुक्ति दिएको आरोप पनि बस्न्यतमाथि लाग्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal