आज :

(नेकपा)को स्थायी समिति बैठकः शोक प्रस्ताव पारित गरेर स्थगित, नारायणकाजीको विषय प्रवेश 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पुस १ गते बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे आजको बैठकले पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

अर्को बैठक पुस १ गते दिउँसो १ बजे बस्ने नेताहरुले बताएका छन् । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । बैठकमा सहभागी नहुने बताउँदै आएका ओली पनि बैठकमा सहभागी भएका थिए ।

त्यसैगरी आजको बैठकमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको विषयले पनि प्रवेश पाएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सामान्य विवादमा प्रवक्ता श्रेष्ठलाई मुछेर टिकाटिप्पणी भइरहेको भन्दै त्यस्तो प्रचारमा नलाग्न आग्रह गरेका थिए ।

प्रचण्डले लामोको निधनबाट शोकाकुल र दुःखित भएकोअवस्थामा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टी प्रवक्ताले मिल्नुस् भन्नेबाहेक अरु कुरा गरेको नपाएको बताएका थिए । प्रचण्डले श्रेष्ठको बचाउ गर्दा ओली भने मौन बसेका थिए ।

लामाको कोरोना सक्रमणबाट निधन भएपछि प्रवक्ता श्रेष्ठबीच कुरा भएको अडियो तथा भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal