आज :

ओली पार्टी कार्यालय जान तयार नभएपछि (नेकपा)को स्थायी समि‍ति बैठक बालुवाटारमै 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय जान तयार नभएपछि बैठक दिउँसो १ बजेबाट बालुवाटारमै बस्न लागेको हो ।

ओलीको अनुपस्थितिमा मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । ओली पनि बैठकमा सहभागी हुने जानकारी पाएपछि बैठक बालुवाटारमै राख्न प्रचण्डलगायतका नेताहरु तयार भएको एक नेताले बताए ।

आजको बैठक एक बसेर स्थगित गर्ने तयारी भइरहेको छ । केन्द्रीय सदस्य कमानसिं लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । पूर्व राजदूत एवम् पूर्व सांसद समेत रहेका लामाको कोरोना संक्रमणबाट मंसिर २४ गते राति निधन भएको थियो ।

पार्टीभित्र देखा परेको विवाद सचिवालयले हल गर्न नसकेपछि स्थायी समिति बैठक बोलाइएको छ । प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्तावलाई   अराजन आरोपपत्र भएको भन्दै छलफलमा सहभागी नहुने बताउँदै आएका थिए । तर ओलीलाई बैठकमा सहभागी हुन उनी निकट नेताहरुलाई दवाव दिँदै आएका थिए । बैठकमा सहभागी नभए पार्टी नेता कार्यकर्ताहरुमा नराम्रो सन्देश जाने बताउँदै ओली समूहका नेताहरुले बैठकमै गएर फेल गर्नुपर्ने बताउँदै आएका थिए ।

आफू निकट नेताहरुको सुझावमा ओली आजको बैठकमा सहभागी हुन तयार भएको भएको बताइएको छ । आजको बैठकमा राजनीतिक प्रस्तावमाथि छलफल नहुने भएकोले ओली सहभागी हुने बताइएको छ । यसअघि स्थायी समिति बैठकमा ओलीले पत्र पठाउँदै प्रचण्डको प्रस्तावमा हुने छलफलमा आफू सहभागी नहुने बताएका थिए ।

ओलीले आफू खुशी सरकारले चयाएको, पार्टीको निर्णय र निर्देशनको पालन नगरेको, भारतीय रअ प्रमुखलाई भेट, राजनीतिक ‍नियुक्तिलगायतका विषयमा मनपरी गरिरहेको बताउँदै प्रचण्ड-नेपाल समूहले सार्वजनिक रुपमै विरोध गर्दै आएका थिए । सोही विवादले बैठकमा प्रवेश पाएको हो ।

कार्यविभाजनमा विवाद भएपछि भदौ २६ को स्थायी कमिटीले १५ बुँदे सहमतिको निर्णय गरेको थियो । जसमा पाँच वर्ष नै प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म ओली अध्यक्ष रहने, अनि कार्यकारी अध्यक्ष प्रचण्ड रहने भन्ने थियो । त्यसको पनि ओलीले पालना नगरेको भन्दै प्रचण्ड-नेपाल समूहले विरोध गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal