काठमाडौं । नेपाल कोरोना भाइरसका सक्रिय संक्रमित ११ हजारमा झरेका छन् । केही दिनदेखि संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ३५९ जना कोरोनामुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।
नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । त्यसैगरी शनिबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारसम्म नेपालमा २ लाख ४७ हजार ५९३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
शनिबार थप १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट १ हजार ६८९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको छ ।