आज :

मंसिर २९ गतेको लागि काँग्रेसको नाराः चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार ! यी हुन् वक्ताहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस मंसिर २९ गते सकारविरुद्ध गर्न प्रदर्शनको तयारी पूरा भएको बताएको छ । देशव्यापी गरिने विरोध प्रदर्शन तथा सभामा बोल्ने बक्ता र नारा तय पनि गरिसकेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा ।

यसैगरी, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

यसैगरी, केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउदले अछाममा हुने विरोध कार्यक्रमलाई सम्बोधन गर्ने काँग्रेसले जनाएको छ ।

नेता पौडेललाई प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा काँग्रेसले २९ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्न लागेको हो । पौडेललाई आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर हिरासतमा समेत लगेको थियो । उक्त घटनाबाट चिढिएको काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा उत्रेको छ ।

विरोध प्रदर्शनमा १० नारा लगाउने काँग्रेसले निर्णय गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा र सरकारका गलत कार्यविरुद्ध नारा लगाउने छन् ।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार । जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा । औषधि छैन मल छैन, सत्ताको लडाइँ लाज छैन । बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal