आज :

(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ८ करोडको केस ‘डिल’ गरेको भिडियो सार्वजनिक

काठमडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमिसनको लागि केस मिलाउन लागेको भिडियो सार्वजनिक भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएको नेता कमानसिंह लामासँग श्रेष्ठ ८ करोड लेनदेन मिलाउन लागेको देखिन्छ ।

(नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वराजत समेत रहेका नेता लामाको निधनपछि परिवारले भिडियो सार्वजनिक गरेको बताइएको छ । प्रवक्ता श्रेष्ठले लामालाई दुःख दिने गरेको भन्दै परिवारकै सदस्यले भिडियो र अडियो सार्वजनिक गरिएको बताइएको छ ।

श्रेष्ठसँग जोडेर चर्चा हुने गरेकी सुचन कर्मचार्यलाइ फाइदा पुग्ने गरी लामालाई केस मिलाउन दवाव दिइरहेका छन् । श्रेष्ठले भनेअनुसार मिलाउदा लामालाई पर्का पर्ने देखिन्छ ।

सनराइज खबरले सार्वजनिक गरेको भिडियोमा श्रेष्ठले ७० प्रतिशतमा केस मिलाउन दवाव दिएका छन् । त्यसरी मिलाएर २ करोड ५० लाख आउने बताएका छन् । नेता लामाले आफूले साढे दुई करोडको शेयर दिएको बताउँछन् । भिडियोअनुसार श्रेष्ठले मिलाउन खोजेको व्यक्तिलाई लामाले कम्पनीमा विना लगानी साढे दुई करोड शेयर दिएको बुझिन्छ । त्यो पनि श्रेष्ठकै दवावमा ।

“कमानजी तपाई यसरी हेरिदिनुस् न मेरो भनाई, यसलाई ७० प्रतिशतमा उसलाई काम गर्ने गरी मिलाईदिनुस् न, मिलाउने कुरा…” श्रेष्ठले यो भन्दा लामाले त्यसको प्रतिवाद गरेको देखिन्छ । लामाले श्रेष्ठले पक्ष लिएको व्यक्तिले विना लागनीमा अढाई करोड शेयर दिएको र अहिले थप आफ्नो पैसा दिन नसकिने बताउँछन् । लामाले आफूले व्याज तिर्न नसक्ने भनेपनि श्रेष्ठले लगातार ७० प्रतिशतमा केस मिलाउन दवाव दिइरहेका छन् । उक्त भिडियोमा लामाकी कान्छी श्रीमति इन्द्रमायाको नाम पनि जोडिएको छ । लामाले इन्द्रमायालाई श्रेष्ठले आफूविरुद्ध उचालेको बताउने गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal