आज :

चीनले भन्यो- नेपाल र चीनले जसरी अरु देशले सहकार्य गरे कोरोनालाई हराउन सकिन्छ

काठमाडौं । विश्वको अग्लो शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिकबाट चीनले खुशी व्यक्त गरेको छ । नेपाल सरकारले सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको भोलि पल्ट (बुधबार) खुशी व्यक्त गर्दै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुगेको बताएको छ ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको बताए । उनले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा समेत सहयोग पुग्ने बताए । प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले दुई देशबीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको दाबी गरे ।

प्रवक्ता च्येनले दुई देशबीचको यो पहलकदमीले कोरोना महामारीबाट आक्रान्त विश्वमा नयाँ आशा जगाएको समेत स्पष्ट पारे । उनले चीन र नेपालले झैं मिलेर समझ्दारीबाट साथ काम गरेमा कोराना भाइरसलाई सजिलै हराउन सकिनेमा जोड दिए ।

चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ६५ वर्ष पुग्ने बताउँदै उनले दुई देशको पहलकदमीबाट बिआरआईमा सहकार्यमा समेत प्रगति भइरहेको दाबी गरे ।

मंगलबार नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेमी बढेको घोषणा गरेका थिए । यो घोषणासँगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर स्थापित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal