
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ४४ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ सय ८२ थपिएर कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको थियो ।
बुधबार विहानसम्म आइपुग्दा थप संक्रमित भएको पुष्टि भएसँगै २ लाख ४४ हजार पुगेको हो । देशभरका विभिन्न प्रयोगशालाहरुमा परीक्षण भइरहेकोले दिउँसोसम्म यो संख्या बढ्ने बताइएको छ । मंगलबार ८ हजार ९४७ जनाको कोरोना परीक्षण हुँदा १३८२ जनामा संक्रमण पुष्टि भएको थियो ।
परीक्षण गराउने घटेका कारण संक्रमणदर पनि घटेको छ । संक्रमणदर घटेसँगै निको हुनेको संख्या बढेको छ । मंगलबारसम्म नेपालमा निक हुने दर ९४.१ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । मंगलबार देशभर १२ हजार ६८६ सक्रिय संयक्रमित रहेका थिए । यो कुल संक्रमितको ५.२१ प्रतिशत हो ।
त्यसैगरी कोरोनाबाट अहिलेसम्म १ हजार ६ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । मंगलबार थप २३ जनाको ज्यान गएको थियो ।
देशभरको संक्रमदर घटेपनि काठमाडौं उपत्यकामा ५९४ जनामा संक्रमित प्रतिशतमा कमि आएको छैन । देशभरका संक्रियमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४ हजार ८७७, जना रहेका छन् । त्यस्तै, ललितपुरमा ९९२ र भक्तपुरमा ४५० सक्रिय संक्रमित रहेका छन् । पाँच सय बढी संक्रमितमा पनि उपत्यकाका काठमाडौं र ललितपुर छन् भने देशबहिर कास्की मात्रै ।
मंगलबारसम्म मनाङ र डोल्पा जिल्ला कोरोनामुक्त भएका छन् । त्यस्तै, मन्त्रालयले हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण भएको पनि जनाएको छ ।