आज :

राजावादीविरुद्ध बनेन् राष्ट्रिय सहमति, सर्वदलीय बैठकमा आआफ्नै डम्फु

काठमाडौं । राजतन्त्रको पुर्नवहालीको माग गर्दै सडक आन्दोलन सुरु गरेका राजावादीविरुद्ध राष्ट्रिय सहमित बन्न सकेन । राजावादीविरुद्ध एक भएर जुट्न प्रधानमन्त्रीको आह्वानमा दलहरु सहमत हुन सकेनन् । प्रधानमन्त्रीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठक बोलाएर राजावादीको आन्दोलनविरुद्ध एक हुन दलहरुमा आग्रह गरेका थिए ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख वा प्रतिनिधि सर्वदलीय बैठकमा सहभागी भएका थिए । बैठकमा बोल्ने अधिकांशले नेताहरुले सरकारको विरोध गरेका थिए । उनिहरुले सरकारका गलत काम कारवाहीका कारण जनतामा आक्रोस बढेको बताएका थिए ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले सडकमा देखिएको प्रदर्शन सरकारको कार्यशैली प्रतिको असन्तुष्टि हो भन्दै संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि पोखिन थालेको बताएका थिए । काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सडकमा राजावादीदेखि लिएर अन्य समूहहरुले प्रदर्शन गर्नुमा पनि सरकारकै कार्यशैली जिम्मेवार रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले सरकारकै कारण गणतन्त्रमाथि धावा बोलिएको बताए । भ्रष्टाचार, अनियमिततालगायतका सरकारको कार्यशैलीकै कारण प्रतिगामीहरुले राष्ट्रियता र गणतन्त्रमाथि जसरी धावा बोल्ने वातारण बनेको बताए ।

राप्रपाका नेता दीपक बोहोराले कोभिड- १९ को उपचारमा सरकार चुकेको र सरकारकै संरक्षणमा भ्रष्टाचार बढेको बताएका थिए । उनले राजासहितको लोकतन्त्र र हिन्दु राज्यका लागि सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने धारणा राखे । उनको भनाईबारे कसैले पनि बोलेनन् ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खानाल, माधवकुमार नेपाल, वामदेव गौतम, पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल सहभागी थिए । त्यस्तै काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत सहभागी थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी बैठकमा राप्रपाका नेता दिपक बोहोरा र जनमोर्चाका जनकराज शर्मा र नेमकिपाका प्रेम सुवाल सहभागी थिए । प्रचण्ड, खनाल, नेपाललाई बोल्ने समय दिइएको थिएन ।

मंगलबारको सर्वदलीय बैठक कुनै निष्कर्षमा नपुगी सकिएको थियो । प्रधानमन्त्रीलाई बठकमा सबैका कुरा सुन्ने भन्दा पनि धार्मिक एनजिओको कार्यक्रमको उद्घाटनको हतारो भइसकेक‍ो थियो । उनले नेताहरु बोल्दै गर्दा अब छोट्औं भनिरहेका थिए । ओली अर्को जरुरी कार्यक्रममा जानु परेको छ भनिरहेका थिए ।

विहान ११ बजे सर्वदलीय बैठक बोलाएका ओलीले दिउँसो १ बजे चोभारमा धार्मिक संस्थाको भवन उद्घाटनको कार्यक्रम तय गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal