आज :

आज भारत बन्दः विहानैबाट सडक-बजार सुनसान, ११ राज्य सरकारले पनि बन्दलाई समर्थन गरे

काठमाडौं । किसानहरुल‍े आह्वान गरेको भारत बन्दका कारण विहानैबाट जनजीवन प्रभावित भएको छ । केन्द्र सरकारले ल्याएको किसान विरोधी कानुन ‍खारेजीको माग गर्दै बन्द आह्वान गरिएको थियो ।

केही दिनदेखि नरेन्द्र मोदी सरकारले ल्याएको कृषकमारा कानुन फिर्ता लिन माग गर्दै किसान आन्दोलनमा छन् । किसानको आह्वानमा आयोजनामा भारतव्यापी पूर्ण रुपमा बन्द भएको पहिलो भएको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ ।

क्रान्तिकारी किसान युनियनको आह्वानमा भएको बन्दलाई ११ वटा राज्य सरकारले पनि समर्थन गरेका छन् । पन्जाब, दिल्ली, राजस्थान, बंगाल, केरला, झारखण्ड, आन्द्र प्रदेश, तेलंगना, महाराष्ट्र, छत्तिसगढ र पुडुचेरीका राज्य सरकारले आन्दोलनलाई समर्थन गर्दै नरेन्द्र मोदीको केन्द्र सरकारमाथि दबाब बढाएका छन् । त्यस्तै, बन्दलाई केन्द्र सरकारमा विपक्षीको भूमिकामा रहेका विभिन्न १९ राजनीतिक दलहरुले साथ दिएका छन् ।

भारत बन्द दिनभरका लागि आह्वान गरिएको भएपनि चक्का जाम भने दिउसो ३ बजेपछि खुल्नेछ । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारतमा जनसंख्यको ठूलो हिस्सा कृषिमा आधारित छ ।

सरकारले हालै ल्याएको कृषि सुधार योजनाको विरोधमा किसानहरु आन्दोलित भएका हुन् । सरकारी कानुनले आफुहरुको शताब्दीऔं पुरानो बजार व्यवस्थापन र नियन्त्रण प्रणाली बिग्रिने उनीहरुको तर्क छ ।

सरकारले कृषि क्षेत्रमा ठूला नीजि कम्पनी र साझेदारहरुलाई फाईदा पुग्ने योजना ल्याएपछि आम किसानहरु आन्दोलित भएका हुन् । खासगरी पन्जाब र हरियाणाका लाखौं किसान संघिय राजधानी दिल्लीमा धर्ना बसिरहेका छन् ।

आन्दोलनकारी किसानहरुले ठाउँठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सडकमा केन्द्र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधनमा आगजनी समेत भएको छ । त्यस्तै, ठाउँठाउँबाट आन्दोलनरत किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal