आज :

स्वेताले भनिन्- जीवनको नयाँ पानाहरुमा भुल्दै छु

काठमाडौं । नायीका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। सोमबार स्वेता र धनगढीका विजयन्द्र सिंह रावतबीच विवाह भएको हो । काठमाडौंको गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिबीच विवाह सम्पन्न भएको थियो ।

बधाई र शुभकामना दिँदै फोन गर्ने शुभचिन्तक र प्रशंसकलाई स्वेताले कोरोनाका कारण परिवारका सिमित व्यक्तिको उपस्थितमा मात्रै विवाह गर्नु पर्दा नमाजा लागेको बताउने गरकी छन् । उनले आफू जीवनको नयाँ पानाहरुमा भुल्न लागेको भन्दै साथ र सहयोगको अपेक्षा समेत गरेको छन् ।

स्वेताले विवाह अगाडि सामाजिक संजालमार्फत आफू जिन्दगीको अर्को मोडमा आइपुगेको समेत बताएकी थिइन् । विवाहको अघिल्लो दिन स्वेताले जीवनका आरोहअवरोह, उकालीओराली, सुखदुःख अनि हाँसो रोदनका पलहरूलाई आत्मसात् गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेको बताइएकी थिइन् ।

विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।खड्‍काले मेहेन्दी कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मेहन्दीको रङहरु सँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … ।’

श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको उपचारका क्रममा मृत्यु भएको थियो।

‘कहाँ भेटिएला’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी श्वेताले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी छिन्। खड्काले सामाजिक सञ्जालमा आइतबार मन छुने स्टाटस लेख्दै आफू विवाहबन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन्।

स्वेताले यस्तो लेखेकी थिइन् – जीवनका आरोहअवरोह, उकालीओराली, सुखदुःख अनि हाँसो रोदनका पलहरूलाई आत्मसात् गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्ट सामना गरेकी छु, त्यसभित्रका कहालीलाग्दा अनुभव शब्दमा बयान गर्न असमर्थ छु’, श्वेताले लेखेकी छन्, ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेका अनेकन प्रहार र त्यसबाट मैले भोगेका पीडा केवल मलाई मात्र थाहा छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal