आज :

नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या १६ सय नाघ्यो, १२ हजार सक्रिय संक्रमित 

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ । सोमबार थप २० जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट १ हजार ६१४ जनाको निधन भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना  भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । अब नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबार थप १ हजार ६२८ जनाले कोरोना जितेका छन् । देशभरका विभिन्न आइसोलेशन तथा अस्पताल र होम आइसोलेसन सेन्टरबाट उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २७ हजार ४३३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा लगातार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । मन्त्रालयका अनुसार अब सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ जना रहेका छन् । सबैभन्दा धेरै काठमाडौंमा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal