काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । राजावादीको आन्दोलनबारे सुझाव लिन सरकारले सर्वदलिय बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले भोलि (मंगलबार) विहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीलाई बैठकमा बोलाइएको छ । राजावादीको आन्दोलनलाई नतोकिएपनि समसामुहिक विषयमा छलफल गर्ने भनेर बैठक बोलाइएको छ ।
राजावादीहरुले गणतन्त्र, धर्म निरषेक्ष र संघीयताविरुद्ध संघीय राजवादी काठमाडौंसहित देशका मुख्य शहरमा आन्दोलन जारी राखेका छन् । सुरुमा सानो संख्यामा देखिएका राजावादीको आन्दोलनमा सरकार लचक भएपछि हजरौंको संख्यामा सडकमा निस्किएका छन् ।
राजावादीको आन्दोलनबारे सबै राजानीतिक पार्टीबीच समान धारण बनाउन बैठक बोलाइएको स्रोतका दाबी छ । राजावादीको आन्दोलनप्रति लचिलो भएको भन्दै विरोध हुन थालेपनि सरकार ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
स्रोतको दाबीअनुसार राजावादीको आन्दोलनले गणतन्त, धर्म निरपेक्ष र संघीयताविरुद्ध गलत धारणा बन्ने भन्दै आन्दोलन नियन्त्रण गर्ने गृह मन्त्रालयले तयारी गरेको छ । कोरोना भाइरस संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले प्रदर्शन नगर्न दिएको चेतवानीको बेवास्ता गर्दै राजावादीहरु सडकमा निस्किरहेका छन् ।
यसअघि बैशाख ३१ गते प्रधानमन्त्री ओलीले नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएका थिए ।