आज :

चन्द्रमामा चीनको झण्डा फहराउँदै …

काठमाडौं । चीनले चन्द्रमामा झण्डा गाडेको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो ।

तस्बिर चीनको चाङइ ५ यानले खिचेको र जुन अहिले चन्द्रमाको ढुंगाको नमूना सहित पृथ्वीमा फर्कदैछ । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएकोमा तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

सन् १९६९ को अपोलो ११ मिसनमा अमेरिका चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो । २०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो ।

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal