आज :

(नेकपा) को स्थायी समिति बैठकः दुबै प्रस्ताव वितरण, अध्ययनको लागि सात दिन दिइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सात दिनको लागि स्थगित भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा दुबै अध्यक्षका प्रस्ताव वितरण गरिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएपनि उनको प्रस्ताव पनि वितरण गरिएको छ । गत कात्तिक २८ गते सचिवालय समितिमा प्रचण्डले पेश गरेको प्रस्ताव र मंसिर १३ गते ओलीले जवाफमा पेश गरेको दुबै प्रस्ताव बैठकमा वितरण गरिएको हो । स्थायी समिति सदस्यहरुलाई अध्ययनको लागि भन्दै बैठक ७ दिनसम्म स्थगित गरिएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुबै प्रस्ताव स्थायी समिति सदस्यलाई वितरण गरिएको जानकारी दिँदै अध्ययनको लागि ७ दिनको समय प्रदान गरिएको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार अर्को बैठक मंसिर २८ गते बोलाइएको छ ।

बैठकमा सहभागी नभएर ओलीले अर्को प्रस्ताव लेखेको बताइएको छ । ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकोले बैठकमा सहभागी नभएको आफू निकट नेताहरुलाई बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal