आज :

(नेकपा) को स्थायी समिति बैठक सुरु, ओली सहभागी भएनन् 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएका छैनन् ।

ओलीले बैठकमा नआएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक अगाडि बढाएका हुन् । हिजो बसेको सचिवालय समितिमा सहमति जुट्न नसकेपछि स्थायी समिति बैठक बोलाइएको थियो । बैठकमा दुबै अध्यक्षका प्रस्तावमाथि छलफल हुने बताइएको थियो ।

दुबै अध्यक्षले आ-आफ्ना प्रस्ताव बैठकमा पेश गर्ने बताइएको थियो । तर, अध्यक्ष ओली नआएपछि उनको प्रस्ताव बैठकमा पेश नहुने भएको छ । ओलीलाई कुर्ने भन्दै बैठक निर्धारित समयमा निकै बेर ढिला सुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार ओलीले बैठकमा पेस गरेको प्रस्तावमा केही बुँदा थप गर्न चाहेको र त्यसैको तयारीको लागि आजको बैठकमा सहभागी नभएका हुन् । तर उक्त कुरालाई नेकपाकै नेताहरुले विश्वास गरेका छैनन् ।

शनिबार बसेको सचिवालयको बैठकमा ओलीले स्थायी समितिको आवश्यकता नभएको भन्दै कार्यदल बनाएर हल गरिनुपर्ने बताएका थिए । ओलीले आफूले कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष नछोड्ने बताउँदै सकेजतिको गर्न प्रचण्डलाई चुनौती दिएका थिए ।

सचिवालयको अधिकांश नेताहरुले स्थायी समितिबाटै हल खोजिनुपर्ने धारणा राखेका थिए । त्यसपछि आज स्थायी सिमित बैठक बोलाइएको थियो ।

ओलीले प्रचण्डको प्रस्तावलाई लान्छना पत्र भएको र त्यसमाथि कमिटीमा छलफल हुननसक्ने अडान राखेका थिए । निकास खोज्ने नाममा आफूलाई हटाउन खोजिएको भन्दै उनले महाधिवेशन अगाडि अध्यक्ष र चुनाव अगाडि प्रधानमन्त्री पद नछाड्ने बताएका थिए ।

स्रोतका अनुसार आजको स्थायी समित बैठकमा सचिवालय बैठक माग गर्दै पाँच नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, अर्का अध्यक्ष प्रचण्डले दिएको प्रतिउत्तरका साथै दुवै अध्यक्षको प्रस्ताव वितरण हुनेछ । अध्ययनका लागि भन्दै केही दिनको लागि बैठक स्थगित गरिने बताइको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal