आज :

(नेकपा)को स्थायी समिति बैठक सुरु हुँदै, प्रचण्ड र ओलीका प्रस्तावमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु हुँदैछ । हिजो बसेको सचिवालय बैठकले पार्टीभित्रको विवादबारे सहमति जुटाउन सकेपछि आज स्थायी समिति आह्वान गरिएको थियो ।

बैठकको लागि नेताहरु पार्टी कार्यालय धुम्बाराही पुग्ने क्रम जारी छ । अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले दुबै जना पार्टी कार्यालयमा पुगेका छैनन् । त्यस्तै, ओली पक्षका नेताका नेताहरु पनि कार्यालयमा पुगेका छैनन् । बैठक केही ढिला हुन सक्ने नेताहरु बताउँछन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा दुबै अध्यक्षका प्रस्तामाथि बहस सुरु हुने बताए । उनले दुबै प्रस्तावमाथिको छलफलले निकास दिने समेत दाबी गरे ।

अध्यक्ष तथा प्रधानमन्त्रीले प्रचण्डको प्रस्तावमाथि बैठकमा छलफल गर्न नसकिने बताउँदै आएका थिए । तर, शनिबारको बैठकमा अधिकांश सचिवालय सदस्यले दुबै प्रस्ताव स्थायी समितिमा लिएर छलफल गर्नुपर्ने धारणा राखेका कारण ओली तयार भएका थिए । शनिबारको ‍सचिवालय बैठकमा स्थायी समितिको काम नभएको बताएका ओली बैठकमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने यकिन भइसकेको छैन ।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

ओलीले शनिबारको सचिवालय समितिको बैठक बल प्रयोगकै कारण भएको भन्दै स्थायी समिति बैठक पनि बल प्रयोगकै कारण हुने धारणा राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal