आज :

डोटीको पिउसिया भिरमा जीप खस्यो, वडा सचिवसहित ४ जनाको ज्यान गयो

धनगढी । डोडीमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित ४ जनाको ज्यान गएको छ । गएराति दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका-७ स्थित पिउसिया भिरमा खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार वडासचिव मन्जु त्रिपाठी, तीन वर्षीय छोरा र सासु आमाको निधन भएको छ । बैतडी घर भएकी त्रिपाठी बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव हुन् । २८ वर्षीया त्रिपाठीको उपचारको लागि दिपायल लैजाँदै गर्दा बाटोमा निधन भएको हो भने छोरा र सासु आमाको घटनास्थलमै ज्यान गएको डोटी प्रहरीले बताएको छ ।

त्यसैगरी दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि ज्यान गएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले बताए ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal