आज :

(नेकपा)को सचिवालय बैठक जारी, प्रचण्ड-ओलीका प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बालुवाटारमा जारी छ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । यसअघिको बैठकमा ओली सहभागी नभएपछि आजसम्मको लागि स्थगित गरिएको थियो ।

बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो । प्रचण्डसँगको छलफलपछि ओली आजको बैठकमा सहभागी हुन तयार भएको बताइएकोछ । दुबै अध्यक्षबीच २५ दिन लामो संवादहिनतालाई तोड्दै गोप्य छलफल भएको थियो । प्रचण्ड बैठक सुरु हुने समयभन्दा एक घण्टा पहिले नै बालुवाटारमा पुगेका थिए ।

स्रोतका अनुसार अहिले पनि बैठक जारी रहेको र कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते पेश गरेको राजनीति प्रस्ताव र त्यसको जवाफमा ओलीले पेस गरेका प्रस्तावमाथि छलफल सुरु भएको छ । यसअघि ओलीले प्रचण्डको प्रस्ताव आरोपपत्र भएको भन्दै माफी मागेर फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने बताउँदै आएका थिए । उनले प्रचण्डको प्रस्तावमाथि बैठकमा छलफल नहुने समेत बताएका थिए ।

तीन दिनको लागि बैठक स्थगित गरेर नेताहरु सहमतिको लागि दौडधुप गरेका थिए । ओली र प्रचण्ड दुबै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए । भण्डारीले दुबै अध्यक्षलाई मिलेर जान आग्रह गरेको बताइएको छ । ओलीले हिजोमात्रै उपप्रधानमन्त्री तथा सचिवाय सदस्य इश्वर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । त्यसैगरी दुबै अध्यक्षबीच सहमति गराउन दोस्रो पुस्ताका नेताहहरुले पनि पहल गरेका थिए ।

पार्टीभित्र विवाद चर्किएसँगै ओली समूहले खुलमखुला रुपमा कार्यक्रम गर्दै आएका थिए भने शुक्रबार प्रचण्ड-वरिष्ठ नेता माधव कुमार नेपाल समूहले विद्यार्थीको छुट्टै भेला समेत गरेको थियो । हिजोको भेलाले दूरी बढ्ने अनुमानको विपरित शनिबार विहान दुबै अध्यक्षबीचको संवादहिनता अन्त्य गर्दै गोप्य छलफल भएको छ ।

(नेकपा)को विवादको प्रभाव पार्टीभित्र मात्रै होइन सडकमा पनि देखिएको छ । राजावादीहरु हौसिदै सडकमा निस्किरहेका छन् । सरकारले राजावादीको आन्दोलनमाथि दमन गर्न समेत सकेको छैन । हजारौं राजावादीहरु गणतन्त्रको विरुद्धमा नारा लगाउँदै सडकमा निस्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal