आज :

प्रचण्ड-नेपाल निकट अनेरास्ववियूको भेलाः पार्टी फुटलाई स्वीकार गर्नुपर्छ- न्यौपाने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनवर्गीय संगठनभित्र पनि फरकफरक समूह हुन थालेका छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह निकट विद्यार्थीहरुले छुटै भेला गरेका छन् ।

थापाथलिस्थित इन्जिनियरिङ कलेजमा आयोजित भेलामा विद्यार्थीका पूर्वअध्यक्षहरु पनि सहभागी थिए । पार्टी नेता पम्फा भुसाललगायतका नेताहरु पनि सहभागी थिए । पार्टी एकताको पक्षमा बोलेका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको चर्को आलोचना गरेका थिए ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा कम्युनिष्टको गन्ध पनि नआउने र सरकार समाजवाद उन्मुख नभएको भन्दै त्यसमा बहस गर्न युवाहरुलाई अपील गरे । न्यौपानेले अन्य देशका समाजवादी सत्ताको अभ्यासको उदाहरण पेश गर्दै नेपालमा त्यो नभएकोले कम्युनिस्ट वा वामपन्थी भन्ने अवस्था नरहेको बताए ।

न्यौपानेल कुर्सी र केही व्यक्तिको हितमा मात्रै नभएर राजनीतिक कोर्स नै सिफ्ट गर्नेभए फुट स्वीकार गर्नुपर्ने बताए । उनले सत्ताकै लागि संघर्ष भए फुट आवश्यक नभएको समेत बताए ।

कमिटीमा पेश भएका विषयमा छलफल र बहसको माध्यमबाट हल गर्नुपर्ने कम्युनिस्ट संस्कृति भएपनि दुईटा प्रस्ताव पेश भएपछि पार्टी एकै ठाउँमा बसेको नेपाली कम्युनिस्ट आन्दोनलको इतिहासमा नभएको बताए ।

“पार्टीहरु विभाजित हुनलाई पोलिटक कोर्स सिफ्ट हुनुपर्छ । एउटै पोलिटक कोर्सभित्र फुट्नु र नफुट्नुको अर्थ हुँदैन । मन्त्री हुनलाई मरिहत्ते गर्ने हो, सानोबाट ठूलो हुने हो भने, चुनावमा जाने, पद नै हो, त्यहाँबाट सिमित मान्छेहरुले फाइला लिने मात्रै हो भने किन फुट्नु पर्यो र । तर, होइन फरक ढंगले समाजवादको आधार तयार गर्ने हो, यही संसदी व्यवस्थाबाट संसारमा केही पनि समाजवाद आएको छैन, यो कुरालाई मनन् गर्ने हो र समाजवादको लागि पोलिकट कोर्स नै सिफ्ट गर्ने हो भने पार्टीभित्र घनिभूत संघर्ष हुन्छ र फुटलाई पनि स्वीकार गर्नुपर्छ” न्यौपानेले गुटको भेलालाई सम्बोधन गर्दै भने । उनले (नेकपा)मा पोलिटकल कोर्स सिफ्ट गर्ने सम्भावना निकै कम भएको समेत बताए ।

पार्टीभित्र श्रमको मूल्यमा बाँच्ने भन्दा पनि अपारदर्शी स्रोतबाट आएको पैसाबाट अधिकांश नेताहरु बाचेको बताए । उनले संसारमा संसदीय चुनावमा समाजवाद नआएको तर नेपालमा आउन सक्ने विकल्प भएपनि पहिला कम्युनिस्ट हुन जरुरी भएको बताए ।

अनेरास्ववियुका पूर्वअध्यक्ष रामकुमारी झाक्रीले आफूहरु पार्टी एकताको पक्षमा रहेको तर यथास्थिति र निमोनिया लागेर ग्रस्त भएको पार्टी एकता आवश्यक नभएको बताएकी थिइन् । पार्टी स्थायी समिति सदस्य पम्फा भुसाल बोल्ने बेला संचारकर्मीहरुलाई बाहिर जान आग्रह गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal