आज :

ओलीले राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी एमसीसी कार्यान्वयन सम्झौता गरेः प्रचण्ड

काठमाडौं । सत्तारुढ (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेर राष्ट्रिय हित र स्वाधीनतामा आंँच पुग्नेगरी कार्यान्वयन सम्झौता गरेको बताएका छन् । पार्टीबाट गोप्य राखेर गरिएको कार्यान्वयन सम्झौताले मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको बताए ।

प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरिएको समेत उल्लेख गरेका छन् । उनले यसबाट संसदको विशेषाधिकारको हनन् भएको समेत बताएका छन् ।

प्रचण्डले एमसीसीसँगको सम्झौताबारे केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यदलको प्रतिवेदनमा छलफल गर्ने चासो नदेखाएको बताउँदै पार्टीको कुनै निकायमा जानकारी नगरी बजेट वक्तव्यमा र १५ औं पञ्चवर्षीय योजनामा एमसीसी अन्तरगतको आयोजनालाई समावेश गरिएको बताएका छन् । स्थायी कमिटीको बैठकमा एमसीसीसंगको सम्झौताबारे कार्यसूची रहेको बेला पार्टीमा छलफल नगरी उक्त सम्झौता अगाडि बढाउन सरकार तयार रहेको र हाल त्यसम्बन्धी काम स्थगित रहेको भन्ने पत्र अमेरिकी सरकारलाई पठाएको भन्दै यो कार्य गलत भएको बताएका छन् । उनले ओलीले हठात्‌ संसदको अधिवेशन समाप्त गरिएको समेत बताउँदै यस्तो कार्य नेपालको राष्ट्रिय हित र सुरक्षाप्रति गैरजिम्मेवार हुने प्रवृत्तिको द्योतक भएको बताए ।

त्यसैगरी ओलीले जनसमुदायबाट व्यापक रुपमा उठेको नक्सा प्रकाशन गर्न उठेको मागप्रति व्यंग्य गरेको र नेपालका भूभागलाई
भारतले आफ्नो भनी नक्सा प्रकाशित गर्दा र कालापानी क्षेत्रमा सडक निर्माण गरी त्यसको उद्घाटन गर्दासमेत भारतसंग उच्च राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्न पहल नगरेको प्रस्तावमा प्रचण्डले उल्लेख गरेका छन् । जनता र जनप्रतिनिधिहरुको व्यापक दवाव तथा नेपाल सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तृत गर्ने दिन बिहान बोलाइएको सचिवालयको बैठकमा सचिवालयका सदस्यहरुले नेपालको अतिक्रमित भू-भाग समेटेर नक्सा प्रकाशित नगरिएकोमा आपत्ति गर्नुका साथै नीति तथा कार्यक्रममा नक्सा प्रकाशित गरिने प्रतिबद्धता गरिनुपर्नेमा जोड दिएको र सोही अनुरुप गर्न प्रधानमन्त्री ओलीले सम्वद्ध अधिकारीलाई निर्देशन दिएको प्रचण्डले उल्लेख गरेका छन् ।

प्रम ओलीले नक्सा प्रकाशनको यथार्थको विपरीत, स्थायी कमिटीको बैठक जारी रहेको स्थितिमा सार्वजनिक कार्यक्रममा लिम्पियाधुरा, कालापानीसहितको नक्सा निकाल्दा भारतसँग मिलेर नेपालका नेताहरुले आफूलाई हटाउन खोजेको भनेर जनतामा भ्रम सिर्जना गर्ने प्रयास गरेको प्रस्तावमा उल्लेख छ ।

ओली सहभागी नभएपछि (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । ओलीलाई तयारीको लागि भन्दै बैठक तीन दिन स्थगित गरिएको थियो । अबको बैठकमा पनि ओली सहभागी हुने निश्चित छैन । विहीबार ओली र प्रचण्डले दुबै अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएर छलफल गरेकी छन् । ओलीले बैठक नबसी स्थगित गर्न खोजेको भन्दै अन्य नेताहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal