आज :

ट्रम्पले ह्वाइट हाउस छोड्ने तर हार नस्वीकार्ने, अर्को चुनावमा लड्ने

काठमाडौं । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले हार नस्वीकार्ने तर ह्वाइट हाउस भने छोड्ने संकेत गरेका छन् । यसअघि उनले चुनावमा धाँधली भएको भन्दै सजिलै ह्वाइट हाउस नछोड्ने बताउँदै आएका थिए ।

अहिले भने ट्रम्पले आफ्नो भनाई फेरेका छन् । उनले चार वर्षपछि फेरि चुनावी मैदानमा आउने बताएका छन् । उनले ह्वाइट हाउसमा फर्कनका लागि सन् २०२४ मा चुनाव लड्ने संकेत गरेका छन् । यो भनेको ह्वाइट हाउस सजिलै छोड्ने संकेत हो ।

सन् २०२४ को चुनावको लागि पार्टीभित्रको प्रारम्भिक चुनावी अभियान शुरु गर्ने ट्रम्पले संकेत गरेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएसको छ । हालै सम्पन्न राष्ट्रपति निर्वाचन डेमोक्रेट उम्मेदवार जो बाइडनले जितेको तथ्यलाई नस्वीकार्ने भन्दै ट्रम्पले सन् २०२० को निर्वाचन परिणामका विरुद्धमा २०२४ सम्मै अभियान जारी नै राख्ने बताए ।

ह्वाइट हाउसमा रिपब्लिकन नेशनल कमिटीका सदस्यका लागि आयोजना गरिएको एक पार्टीमा ट्रम्पले आफ्नो चार वर्ष गज्जवको रहेको र अर्को चार वर्ष पनि त्यस्तै बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै त्यसो हुन नसके अर्को चार वर्षमा भए पनि गर्ने बताए ।

यद्यपि, थ्याङ्सगिभिङ पर्वका दिन पत्रकारहरुसँग सन् २०२४ को चुनावबारे अहिले केही नबताउने भनेका ट्रम्पले आफ्ना सल्लाहकारहरुसँग भने अर्को चार वर्षको लागि आफू चुनावी अभियान जारी राख्ने बताएका छन् ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई जनवरी २० मा सहजै ह्वाइट हाउसको नेतृत्व सुम्पने देखिएको अन्तर्राष्ट्रिय  संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal